मानव तस्करीको आरोप लागेकी राजदूत शेर्पा बर्खास्त

२०७५ पुस २४ गते

पुस २३, काठमाडौँ । मानव तस्करीको आरोप लागेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा बर्खास्तीमा परेकी छिन् ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राजदूत शेर्पालाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
null
पूर्वचालक वाङ्छु शेर्पाले मानव बेचबिखनको आरोप लगाएपछि लक्की शेर्पा विवादमा तानिएकी थिइन् । उनको राजिनामा समेत माग गरिएको थियो । त्यसपछि परराष्ट्र मन्त्रालयले राजदूत शेर्पासँग स्पष्टीकरण सोधेको थियो ।
विवादमाथि छानबिन गर्दै परराष्ट्र मन्त्रालयले शेर्पालाई राजदूत कायमै राख्न उचित नहुने ठहर गरेको थियो।
तर राजदूत शेर्पाले भने यो दाबी खण्डन गरेकी थिइन् ।परराष्ट्रको ठहरपछि शेर्पालाई राजीनामा दिन निर्देशन दिएपनि उनले अटेरी गरेपछि उनी बर्खास्तमा परेकी हुन्।

२०७५ पुस २४ गते
प्रतिक्रिया
सम्बन्धित