बिगत २५ वर्षदेखी फरार रहेका अभियुक्त पक्राउ

२०७५ पुस २२ गते

पुस २२, काठमाडौँ । बिगत २५ वर्ष देखी फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेका छन् । बिरगन्ज महानगरपालिका १२ घर भएका वर्ष ५५ को अनुमुद्दिन अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनी ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भएका थिए । सर्वोच्च अदालतले ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर गर्दै अन्सारीविरुद्ध २०५० जेठ ५ गते ४ वर्ष ११ महिना १० दिन कैद फैसला सुनाएको थियो । उक्त फैसला पछि उनी फरार भएका थिए ।
पर्सा जिल्ला अदालतमा दाखिला गरिएकोमा अदालतको आदेशले अन्सारीलाई कैद भुक्तानको लागि वीरगञ्ज कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।
null
अन्सारीलाई वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको टोलीले दुई दिनअघि मात्र गाउँबाटै पक्राउ गरिएको थियो ।

२०७५ पुस २२ गते
प्रतिक्रिया
सम्बन्धित