‘कर्मचारी समायोजन अध्यादेश’ विरुद्ध आन्दोलनमा उत्रन आह्वान

पुस ८, काठमाडौँ । राष्ट्रिय कर्मचारी महासंघ, नेपालले सरकारले हालै जारी गरेको ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ विरुद्ध आन्दोलनमा उत्रन सबै कर्मचारीहरुलाई आह्वान गरेको छ।
आईतबार काठमाडौंमा पत्रकार सम्मलेन गरी महासंघका नवनिर्वाचित अध्यक्ष टोपबहादुर बानियाले कर्मचारी समायोजन अध्यादेशप्रति आपत्ति जनाउँदै त्यसको विरोधमा आन्दोलनमा होमिन देशभरका सरकारी तथा गैर सरकारी क्षेत्रका सम्पूर्ण कर्मचारीहरुलाई आह्वान गरेका हुन् ।
null
महासंघका नवनिर्वाचित अध्यक्ष बानियाले स्थानीय तहमा कार्यरत कर्मचारीहरुको कार्य अनुभव र शैक्षिक योग्यताको आधारमा यथोचित सेवा, सुविधा वृद्धि नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अध्यादेश खारेज गरेर कर्मचारी समायोजना गर्नुअघि संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन, स्थानीय सेवा ऐन र कर्मचारी समायोजन ऐन एक साथ जारी गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।
महासंघले अस्थायी, करार र ज्यालादारीमा काम गर्दै आएका कर्मचारीहरुलाई प्रक्रिया पुर्याएर स्थायी गर्न पनि सरकारसँग माग उनले माग गरे ।








