उद्धारमा खटिएको प्रहरी नै घाईते भएपछी…
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७५ पुस १० गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
पुस, १०, धादिङ । दुर्घटनामा परेको कारका चालकको आज उद्धारका लागि गएको प्रहरी नै घाइते भएका छन् । काठमाडाैँबाट बुटवलतर्फ जाँदै गरेको बा १४ च ९८०० नं को ट्याक्सी बेनीघाट रोराङ गाउँपालिका–५ भैँसेबाट ६० मिटर तल खसेको थियो ।
कारको चालक उद्वार गर्न जाँदा ट्राफिक प्रहरी पोष्ट बेनीघाटमा कार्यरत प्रहरी हबलदार सुरेशबहादुर चन्द गम्भीर घाइते भएको प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिए ।
घटनास्थल जाँन लाग्दा घाइते भएका चन्दको टाउकोमा पाँच टाँका लगाइएको छ । दुर्घटनामा कार चालक बारा जिल्ला निजगढ निवासी ३० वर्षीय अमृत भण्डारी घाइते भएकाले गजुरी अस्पतालमा उपचार भइरहेको छ ।
null
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७५ पुस १० गते
प्रतिक्रिया
सम्बन्धित