हिन्दू राष्ट्रको वकालतमा महामन्त्री कोइराला: ‘धर्म निरपेक्षताबारे जनमत संग्रह गरौं’

मंसिर ७, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले धर्म निरपेक्षताबारे जनमत संग्रह गर्न आग्रह गरेका छन् । 

धर्म आफैँभित्र खोज्न हिन्दु धर्मले स्वतन्त्रता दिएको भन्दै उनले यसबारे जनमत संग्रह हुनुपर्ने बताएका हुन् 

‘राजनीतिक स्थिरता आइसकेपछि धर्म निरपेक्ष राख्ने कि हिन्दु धर्म राष्ट्र राख्ने ? यस विषयमा जनमत संग्रह हुनुपर्छ’ महामन्त्री कोइरालाले भने । 

null

शुक्रबार काठमाडौंमा आयोजित ‘शिव लीला’ भजन संग्रह उद्घाटन कार्यक्रममा बोल्दै कोइरालाले भने, ‘जसले धर्मलाई स्वतन्त्र मान्छ, ऊ व्यक्ति नै स्वतन्त्र हुन्छ ।’ 

हिन्दु राष्ट्र वा धर्म निरपेक्षको जनमत संग्रह गर्दा राजनीतिक दलको हस्तक्षेप हुन नहुने महामन्त्री कोइरालाको भनाइ छ । । उनले भने, ‘जनतालाई स्वतन्त्र छाडिदिनुपर्छ। मेरो मत हिन्दु राष्ट्रको पक्षमा रहन्छ ।’ 

संवैधानिक व्यवस्थाअनुसार नेपाल धर्मनिरपेक्ष देश भएको बताउँदै नागरिकले जनमत संग्रहमा जान पाउनुपर्ने उनले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *