शिर्ष नेताहरुको बैठकमा संसद गतिरोध अन्त्य गर्ने बारे छलफल

काठमाडौं । शिर्ष नेताहरुको बैठकमा संसद गतिरोध अन्त्य गर्ने बारेमा छलफल भएको छ ।

शुक्रवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शिर्ष नेताहरुको बैठकमा संसद गतिरोध अन्त्य गर्नेबारेमा छलफल भएको हो ।

छलफलपछि बोल्दै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले छलफल सकारात्मक रहेको बताए । उनले सहकारीको रकम अपचलन सम्बन्धमा संसदीय समितिको कार्यादेश बनाउने बारेमा पनि छलफल भएको र काँग्रेसको प्रश्तावअनुसार व्यक्तिको नाम भने किटान नगरी संस्थाको नाम राखेर अघि बढ्न सकिने गरी छलफल भएको बताए ।

उनले भने, ‘हामीले संसद गतिरोध अन्त्य गर्ने सम्बन्धमा विशेष गरी क्षेत्राधिकार निर्माणका केही कामहरु गरिरहेका थियौँ । शिर्ष नेताहरुलाई पनि केही विषयहरु जानकारी गराउनुपर्ने थियो । कार्यदलमा रहेका नेपाली काँग्रेसका सदस्यहरुले जे प्रश्ताव ल्याउनुभएको छ, त्यस सन्दर्भमा नेपाली काँग्रेसका शिर्ष नेताहरुको बीचमा र सत्ता पक्षको बीचमा एउटा छलफल गर्दा उपयुक्त हुन्छ भनेर बैठक बसेका हौँ । बैठक सकारात्मक छ । हाउसको गतिरोध अन्त्य गर्न टिओआर निर्माण गर्न जेमा कठिनाइ भइरहेको छ, यसमा सहजीकरण आफ्नो आफ्नो तरिकाबाट गर्ने भन्ने छ । सत्ता पक्षबाट लचकता भएको छ । व्यक्तिको नाम किटान गर्ने कुरा सम्भव हुँदैन । अरु विषयमा संसदीय गरिमा कायम राख्ने गरी भुमिका निर्वाह गर्न आग्रह गरेका छौँ ।’

प्रमुख सचेतक बर्तौलाले काँग्रेस आजको बैठकबाट सकारात्मक रुपमा बाहिरिएको बताउनु भयो । उहाँले शनिवार ३ बजे बस्ने बैठकमा काँग्रेस सकारात्मक भएर आउने विश्वास रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *