सेक्युरिटी प्रिन्टिङमा भ्रष्टाचारी ठहरिएका इन्जिनियरले गरे आत्महत्या

काठमाडौँ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार ठहरिएका एक कर्मचारी मृत भेटिएका छन् ।

सुरक्षण मुद्रण केन्द्रले गरेको खरिदमा भ्रष्टाचारमा संलग्न भएको ठहरिएका सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

पोखरेलले लेखेको सुसाइड नोटसमेत उनको घरमा भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

त्यस्तै उनको शव बिहिबार नै केएमसी मेडिकल कलेज दुवाकोटमा पोष्टमार्टम भइसकेको छ ।

मृत भेटिएका पोखरेलसहित केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल, प्रबन्ध निर्देशक रोहितमान प्रधान, निर्देशक भुवन महर्जन सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचारमा संलग्न भएको अदालतको ठहर थियो ।

अदालतले जेठ ११ मा उनीहरुमाथि जेल र जरिवानाको सजाय सुनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *