‘यू–टर्न’ लिन नजान्ने नेताहरू बेवकुफ हुन्– इमरान खान

मंसिर २, काठमाडौँ । पाकिस्तानमा छापिने एक उर्दू पत्रिकामा यो हप्ता इमरान खानको एउटा भनाइ हाइलाइटमा रह्यो ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पत्रकारहरुसँगको कुराकानीमा परिस्थिति अनुसार ‘यू–टर्न नलिनेहरू कहिल्यै सफल नेता हुँदैनन् ।’
उनको यो भनाइ पत्रिकामा मात्रै होइन सामाजिक सञ्जालमा पनि उत्तिकै भाइरल भयो र यसलाई लिएर मानिसहरुले खूब लेखे पनि ।
null
पत्रिका जंग का अनुसार इमरान खानले भनेका थिए– ‘यू–टर्न नलिने सफल नेता हुँदैन, जो यू–टर्न लिन जान्दैन, त्यो भन्दा बेवकुफ नेता कोही हुनै सक्दैन ।’
उनले यो पनि भने कि, ‘इतिहास साक्षी छ, नेपोलियन र हिटलरले यू–टर्न नलिएर ऐतिहासिक गल्ती गरे र उनीहरुले हारको मुख देख्नुपर्यो ।’
त्यस्तै मुस्लिम लीग ‘नुन’ का नेता सानिया आंशिकले भने कि, ‘इमरान खान यो भन्न चाहन्छन् कि उनी पाकिस्तानका एकल नेता हुन्, किनकि उनी त यू–टर्न लिन विशेषज्ञता हासिल गरेका छन् ।
इमरान खानको मन्त्रिपरिषदका एक मन्त्री केन्द्रीय सूचना एवम् प्रसारण मन्त्री फव्वाद चौधरीको पनि निकै मजाक उडाइएको छ । अखबार जंगले एक समाचारमा लेखेको छ, ‘फव्वाद चौधरीको ४०५ खर्बको यूटर्न सार्वजनिक भएको छ ।’
अखबारका अनुसार फव्वाद चौधरीले संसदमा भनेका थिए, ‘केन्द्र सरकारले पछिल्लो दस वर्षमा बलुचिस्तानलाई ४२० खर्ब रुपैयाँ सहायता दिएको छ ।’
तर त्यसको दुई दिनपछि नै फव्वाद चौधरीले भने–पछिल्लो १० वर्षमा पाकिस्तानको केन्द्र सरकारले बलुचिस्तानमा केवल १५ खर्ब रुपैयाँको योगदान दिएको छ ।
पछिल्लो हप्ता पाकिस्तानका मुख्य न्यायाधीश जस्टिस साकिब निसारको एक बयान पनि हाइलाइटमा रहेको थियो ।
अखबार दुनियाँका अनुसार जस्टिस नासिरले एक केसको सुनुवाईका क्रममा भने कि, ‘देशको महत्वपूर्ण पदमा नियुक्त गर्नु एक राष्ट्रिय जिम्मेवारी हो र उनका निर्णय निजी मित्रताका आधारमा होइन, राष्ट्रहितको आधारमा हुनु पर्दछ ।’








