डाक्टर केसीको समर्थनमा आजदेखि ओपीडि सेवा बन्द

काठमाडौं, साउन १८ । डाक्टर गोविन्द केसीले राखेका माग पुरा नगरेको भन्दै चिकित्सकहरुले थप आन्दोलन गर्ने भएका छन् । आवासीय चिकित्सकले आजदेखि बहिरंग सेवा बहिस्कार गर्ने भएका छन् । केसीको स्वास्थ्य अवस्था विग्रीदै गएको छ भने आज दशौं दिनमा पनि सरकारले वार्ता भने जारी राख्ने बताएको छ ।

त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले आजदेखि पठनपाठनलगायत बहिरंग विभागको उपचार सेवामा सरिक नहुने जनाएका छन् । शिक्षण अस्पतालमा करिब ३ सय ५० जना आवासीय चिकित्सक छन् ।

आवासीय चिकित्सकहरुको संगठन नेसनल रेजिडेन्ट डाक्टर्स एशोसिएसले प्रा.डा.गोविन्द केसीको आमरण अनसनको समर्थनमा सरकारलाई थप दबाब दिन शैक्षिक कार्यक्रमअन्तर्गत पठन पाठनमा सरिक नहुनको साथै बहिरंग विभागअन्तर्गत उपचार सेवामा सरिक नहुने जनाएको हो । डा.केसीको आमरण अनशन मंगलबार नवौ दिनमा पुगेपछि स्वास्थ्यमा देखिन सक्ने जटिलता आदिलाई दृष्टिगत गर्दे कडा विरोध गर्न लागेका चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *