ओली सरकारको पहिलो बैठक आज, राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी

काठमाडौं, फागुन ६ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठक आज बस्दैछ । बिहिबार प्रधानमन्त्रीको शपथ लिएका ओलीले सोही दिन तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए । पहिलो चरणमा गठन भएको मन्त्रिपरिषदको पहिलो बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री ओली आज नै सरकारी निवास बालुवाटर सर्ने पनि बताइएको छ ।

प्रधानमन्त्री ओलीले केही दिनभित्रै राष्ट्रका नाममा सम्बोधन गर्ने गरी तयारी भइरहेको छ।ओलीले राष्ट्रका नाममा सम्बोधन गरेर नयाँ सरकारको कार्यदिशा र योजना सार्वजनिक गर्ने भएका छन्।

एमाले नेता विष्णु रिमालले केही दिन भित्रै प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने बताए। ओलीले आफ्नो सम्बोधनमा समावेश गर्ने विषयमा तयारी गर्न सचिवालयलाई जिम्मेवारी दिएका छन्। माओवादीलाई पनि सरकारमा सहभागी गराएर राष्ट्रका नाममा सम्बोधन गर्ने तयारीका कारण मिति टुंगो नलागेको रिमालले बताए।

नयाँ प्रधानमन्त्री निर्वाचित भएपछि राष्ट्रको नाममा सम्बोधन गर्ने प्रचलन छ। पछिल्लो समय नयाँ सकार गठन, सरकारको सय दिन र सरकार छाड्नुअघि प्रधानमन्त्रीहरूले राष्ट्रको नाममा सम्बोधन गर्ने गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + seventeen =