४० को डिग्रीमा अण्डा तताउँदा यी युवालाई साइलीको याद आयो


एजेन्सी । नेपालमा रोजगारीको पर्याप्त अवसरको सिर्जना हुन नसक्दा कलिलो उमेरमा नै नेपाली युवायुवती खाडी मुलुकमा रोजगारीको लागि जान बाध्य छन् । खाडीमा मिठो खाने, राम्रो लगाउने र आफ्ना घर परिवारलाई सुखमा राख्ने अनेकौँ काल्पनिक सपना बुन्दै नचाहेरै पनि आफ्नो मातृभूमिलाई बिदाइका हात हल्लाउँदै आकाशको बाटो भएर धेरै जसो नेपाली साउदी, दुबई, कतार, मलेसिया पुग्ने गरेका छन् । खाडीमा नेपालबाट वैदेशिक रोजगारीको लागि जाने युवायुवतीहरु चर्को घाममा काम गर्न बाध्य हुन्छन् ।

हङकङ, जापान, सिंगापुर जस्ता राम्रो देशमा जानेहरुले आफ्नो भविष्य पनि राम्रै बनाएका छन् भने विशेष गरी खाडीमा काम गर्ने मजदुरहरूको जीवन कष्टकर बन्ने गरेको छ । मजदुरहरूले महिना भरी पसिना सँग लुटपुटीएर ८/९ सय तलब (स्थानीय रकम) को भरमा खान, लाउन र मुस्किलले बचाएको पैसा घर खर्चको लागि नेपाल पठाउनु पर्छ ।

खाडी मुलुकमा काम गर्ने एक जना युवाले त्यहाँको ५० डिग्रीको चर्को गर्मीमा सडकमा अण्डाको परिकार बनाइरहेको तस्बिर यति बेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तस्बिरमा देख्न सकिन्छ कि उनले एउटा भाँडोमा तेल,अन्डा, चम्चा र मसला लिएर सडकमा केही नबिछ्याइ बसेका छन् । खुला तातो सडकमा तेल हाली उनले अण्डा फोरेर चम्चाको सहायताले मसला हालिरहेको देख्न सकिन्छ । उनले उक्त अन्डा मुखमा हालिरहेको देख्न सकिन्छ । रोचक विषय त के छ भने यो तस्बिर पोस्ट गर्ने डेबिड लामाले क्याप्सनमा ‘यस्तै हो भने ४० कटेसी रमाउनु त उस्तै होला माथि चाही अवश्य जान्छ साइला’ लेखेका छन् । यसले खाडी मुलुकमा काम गर्ने नेपालीको पिडा र भविष्यलाई व्यंगात्मक रूपमा इन्गित गरेको छ ।

खाडी मुलुकमा दुखः गरेर बगाएको पसिनाबाट कमाएको पैसा घर पठाउँदा कतिपयका श्रीमतीहरू त्यही पैसामा मोज मस्ति गर्ने गरेको तथ्य विभिन्न समयमा संचारमाध्यममा छाईरहेका हुन्छन् । युवा गायक हेमन्त राना मगरको आवाज रहेको र कालीप्रसाद बाँस्कोटाको शब्द अनि कालीकै सङ्गीत रहेको ‘साईँली’ गीत नसुन्ने कमै होलान् । यो गीत खास गरी खाडीमा काम गर्ने नेपाली युवाहरूको माझमा निकै नै लोकप्रिय बन्न सफल भयो । यसै गीतमा आधारित रहेर विभिन्न टिकाटिप्पणी भए, ट्रोल बन्न थाले एककिसिमले यो गीतको बहस नै भयो । तस्बिर पोस्ट गर्ने व्यक्तिले पनि यसै गीतमा आधारित रहेर लेखेको क्याप्सनले खाडी मुलुकमा काम गर्ने नेपालीको पिडा र उनीहरूको भविष्य प्रति तिखो व्यंग्य प्रहार गरेको छ ।

देशको अर्थतन्त्र मजबुत पार्न अमूल्य योगदान दिन सक्ने युवाहरूलाई विदेश पठाउने संस्कृति चाडो अन्त्य हुनु पर्छ । केही समय रेमिट्यान्सबाट देशको अर्थतन्त्रमा सहयोग पुगेतापनि त्यसले राष्ट्रलाई दूरगामी असर पार्छ । यसतर्फ सरकारको बेलैमा ध्यान जाओस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *