भुटानी शरणार्थीको र्‍याली

झापा, साउन १६ । भुटानी शरणार्थीले शरणार्थी समस्या समाधानका लागि तत्काल पहल गरी दिन माग गर्दै झापाको बेलडाँगी शरणार्थी शिविरमा सोमबार र्‍याली निकालेका छन् ।

भुटानी शरणार्थीहरुले स्वदेश फिर्ती, तेस्रो मुलुकमा पुनर्वास र स्थानीयकरणसहितका तीनओटै विकल्प खुला गरिनुपर्नेमा जोड दिँदै र्‍याली आयोजना गरेका हुन् ।

संयुक्त राष्ट्रसंघीय उच्चायोगले एक दशकअघि तीनओटा विकल्प अघि सारेकोमा अहिलेसम्म एक लाख १० हजार शरणार्थी तेस्रो देश पुनर्वासमा गइसकेका छन् भने झापा र मोरङका शिविरमा अब ९ हजार शरणार्थी रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *