खाल्डाखुल्डीहरु पुर्ने काम भैरहेको भौतिकमन्त्री बलायरको भनाइ
“
काठमाडौं, साउन १३ । भौतिक योजना तथा यातायातमन्त्री विरबहादुर बलायरले अबदेखि सडकमा खाल्डाखुल्डीहरुको सास्ती सर्वसाधारणहरुले भोग्न नपर्नेे बताउनुभएको छ । सडकका खाल्डाखुल्डीहरु पुर्नको लागि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि अहिले धमाधम काम भैरहेको उहाँको भनाई थियो ।
आज रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा नवनियुक्त मन्त्री बलायरले सडकका देखिएका खाल्डाखुल्डीहरुको बारेमा प्रधानमन्त्रीजस्तो व्यक्तिले बोल्नु नै बिडम्बना भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘ खाल्डाखुल्डीहरु पुर्न भनेर प्रधानमन्त्रीले बोल्नु भनेको विडम्बना हो, तर प्रधानमन्त्रीले जनताले भोगेको सास्ती र समस्या देखेर यस्तो निर्देशन दिनुभएको,उहाँको निर्देशन अनुसार अहिले धमाधम काम भैरहेको छ ।’ आफूले दैनिक १५ घण्टा काम गर्ने भनेर सार्वजनिक प्रतिबद्धता जनाए अनुसार पछिल्ला दुई दिनमै आफूले गरेको प्रतिबद्धता अनुसार त्यो भन्दापनि बढि नै १६ घण्टासम्म काम गरिसकेको दाबी गर्नुभयो ।
“