केन्द्र र प्रदेशसभाको चुनाव एकैदिन हुन नसक्ने एमाले अध्यक्ष ओलीको भनाइ

काठमाडौं, साउन १३ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एकैदिन केन्द्र र प्रदेशसभाको चुनाव हुन नसक्ने बताउनुभएको छ । तिब्बत भ्रमण सकेर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै ओलीले पहिला प्रदेशसभाको चुनाव हुनुपर्ने र त्यसपछिमात्रै केन्द्रको चुनाव हुनुपर्ने धारणा राख्नुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो मात्रै निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा एकैदिन केन्द्र र प्रदेशको निर्वाचन गर्ने सोचमा सरकार रहेको भन्दै सोहि अनुसार तयारी गर्न आग्रह गर्नुभएको थियो । तर, त्यसको एक दिनपछि प्रमुख प्रतिपक्षी दलका नेता समेत रहनुभएका ओलीले एकैदिन दुई ठूला चुनाव हुन नसक्ने र पहिला प्रदेश सभाको निर्वाचन हुनुपर्ने धारणा राख्नुभयो ।

संविधान संशोधनका विषमया छलफल गर्ने फुर्सद एमालेलाई नभएको भन्दै आफ्नो ध्यान मात्र चुनावमा रहेको पनि बताउनुभयो । उहाँले दलगत मतभेदले मुलुकलाई बन्धक बनाउन नहुने भन्दै राजपा पनि चुनावमा सहभागि हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *