प्रान कम्पनीको staysafe (सेनेटरी प्याड) र KidStar बेबी डाइपर बजारमा

असोज ११, काठमाडौं । प्रान कम्पनीले महिनावारी भएको समयमा महिलाले प्रयोग गर्ने सेनेटरी प्याड र बालबालिकाले प्रयोग गर्ने बेबी डाइपर नेपाली बजारमा भित्राएको छ । बहुराष्ट्रिय कम्पनी प्रानले नेपाली बजारमा staysafe (सेनेटरी प्याड) र Kidstar Baby Diaper भित्राएको हो ।

प्रानले सन् २०१७ बाट staysafe (सेनेटरी प्याड) उत्पादन गर्दै आएकोमा आजबाट staysafe (सेनेटरी प्याड) सर्व सुलभ रुपमा नेपाली बजारमा उपलब्ध गराएको प्रानका सार्क राष्ट्रका ब्राण्ड मेनेजर रिजवान कविरले बताए ।

महिनावारी भएको बेला धेरै नेपाली महिलाहरु अझैपनि फोहर कपडा प्रयोग गर्ने गरेको अवस्थामा उनीहरुमा विभिन्न संक्रमण समेत हुने गरेको छ । प्रानले यहि कुरालाई दृष्टिगत गरी महिनावारीमा सेनेटरी प्याड प्रयोग गर्नुपर्छ भन्ने सचेतना फैलाउन पनि staysafe (सेनेटरी प्याड) ल्याएको नेपालका लागि प्रान कम्पनीको अधिकृत विक्रेता सुदिन इन्टरनेशनशलका हेड अफ सेल्स मिनराज पौडेलले बताए । ‘staysafe (सेनेटरी प्याड) नेपाली महिलाहरुको स्वास्थ्यका लागि अत्यन्तै उपयोगी र सुरक्षित रहेको छ । महिनावारीको समयमा महिलाले staysafe (सेनेटरी प्याड) प्रयोग गर्दा स्वास्थ्यमा कुनै खराबी नहुने तथा आफूलाई महिनावारी भएको समयमा सुरक्षित समेत महशुष गर्ने विस्वास लिएका छौं ।’ उनले भने ।

staysafe (सेनेटरी प्याड) मा Super absorbent polymer, Anti–leak Channels रहेको छ । हाल staysafe (सेनेटरी प्याड) भिन्न ३ प्रकारमा (नर्मल, अल्ट्रा र हेभी) साईजमा उपलब्ध छ । यसरी ३ प्रकारको साईजमा उपलब्ध staysafe (सेनेटरी प्याड) प्रयोग गर्दा महिलाहरुले आफ्नो स्वास्थ्य अनुकुल प्रयोग गर्न सक्नेछन् । staysafe (सेनेटरी प्याड) मा Acquisition distribution layer प्रयोग गरिएको छ ।

यसैगरी प्रानले बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै Kidstar Baby Diaper पनि बजारमा ल्याएको छ । दक्षिण एशियाका बिभिन्न देशमा सन् २०१७ बाटKidstar Baby Diaper उपलब्ध भएपनि नेपालमा आजबाट उपलब्ध रहेको छ । Kidstar Baby Diaper प्रयोग गर्दा बालबालिकाको छालामा कुनै पनि संक्रमण हुँदैन । Kidstar Baby Diaper हाल भिन्न ४ साईज (स्मल, मिडियम, लार्ज, एक्ट्रालार्ज) साईजमा उपलब्ध रहेको छ । Kidstar Baby Diaper बालबालिकालाई लामो समय सम्म प्रयोग गर्न सकिन्छ ।

सन् १९८१ बाट बंगलादेशमा स्थापना भएको विश्वविख्यात बहुराष्ट्रिय कम्पनी प्रानले नेपाली उपभोक्ता माझ सन् २००८ यता १५० भन्दा बढी प्रकारका गुणस्तरीय उत्पादन उपलब्ध गराउँदै आइरहेको छ ।

प्रानले १० प्रकारका सूचि अन्र्तगत ४ सय भन्दा बढी खाद्य उत्पादनहरू उत्पादन गर्दै आइरहेको छ । प्रानका उत्पादनहरु विश्वका १३४ देशहरुमा उपलब्ध छन् ।

प्रानले बंगलादेशमा सन् १९८१ बाट जुस उत्पादन थालेको थियो । नेपालमा प्रानले खाद्यवस्तुदेखि पेय पदार्थ, विस्कुट, कन्फेक्सनरी, बेकरी, स्नाक्स लगायतका उत्पादन भित्राएको छ ।
अन्तराष्ट्रिय आईएसओ २००१ मान्यता प्राप्त प्रानका उत्पादनहरुले नेपाल सरकारको खाद्य तथा गुणनियन्त्रण विभागबाट समेत मापदण्ड पुरा गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =