नेकपाले रोल्पा बन्द गर्दा जनजिवन प्रभावित, जिल्ला सेक्रेटरी रिहाईको माग

“रोल्पा, असोज १० । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गरेको बन्दका कारण बुधबार रोल्पाको जनजिवन प्रभावित बनेको छ ।

पक्राउ परेका जिल्ला सेक्रेटरी सन्तोष सुवेदीलाई विना सर्त रिहाईको माग गर्दै नेकपाले गरेको बन्दका कारण बिहानैदेखि रोल्पाबाट छुट्ने लामो तथा छोटो दूरीका सवारी साधन ठप्प रहेका छन् भने बजार, शिक्षण संस्था र कलकारखाना पनि बन्द भएका छन् ।

दशैंका लागि बजारमा किनमेल गर्नेको चहलपहल बढीरहेको बेला बजार बन्द हुँदा जिल्लाका व्यापारी तथा सर्वसाधारण मर्कामा परेका छन् ।

यता स्थानीय प्रशासनले भने शान्ति सुरक्षामा असर पुग्ने गतिविध गरेकाले पक्राउ गरिएको बताएको छ । विद्यालयमा राजनीतिक सभा गरेकाले पक्राउ गरी मुद्दा चलाइएको जिल्ला प्रहरी प्रमुख डीएसपी दिपक खड्काले बताए।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + eleven =