ओबामा केयरको खारेज गर्ने ट्रम्पका योजना संसदमा अस्वीकृत

वासिङ्टन, १३ साउन । अमेरिकी रिपब्लिकन दलद्वारा पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको नामबाट सञ्चालित स्वास्थ्य क्षेत्रको सुधारका लागि ओबामाकेयर कार्यक्रमलाई रद्द गर्ने पछिल्लो प्रयासलाई अमेरिकी सिनेटले शुक्रबार अस्वीकृत गरेको छ । यसले राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँको दलको प्रतिपक्षी डेमोक्रेटिक पार्टी तथा ट्रम्पका पूर्ववर्ती ओबामा विरुद्धको कार्यक्रममा सत्ताधारी दललाई नराम्रो धक्का मिलेको छ ।

शुक्रबार अबेर असाधारण तनावबीच भएको मतदानमा रिपब्लिकन पार्टीका सिनेटर (सांसद) जोन म्याककेनले नै आफ्नै दलको प्रस्ताव विरुद्ध मतदान गनुभएको र उहाँको मत नै निर्णायक बनेको हो । परीक्षणबाट हालै मस्तिष्क क्यान्सर भएको पत्ता लागेका म्याककेनले रिपब्लिकनको अडान विरुद्ध मतदान गर्नुभएको थियो ।

“यो निराशाजनक नतिजा हो, वास्तवमै निराशाजनक परिवेश,” सिनेटमा बहुमत भएको रिपब्लिकनको दल मिच म्याककोनेलले आफ्ना निकटस्थसँग मतदान नतिजापछि प्रतिक्रिया दिनुभयो । रासस/ एएफ्पी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *