नाडा अटाे शाेमा दुर्इ पाङ्ग्रे सवारीकाे अाकर्षण

“भाद्र २७, काठमाडाैं । नाडा अटाे शाेमा माेटरसाइकल पारखीका लागि नयाँ माेटरसाइकलहरू भित्रिएका छन् । हिजाेबाट सुरू भएकाे नाडा अटाे शाेमा दुर्इ पाङ्ग्रे सवारी पारखीले विभिन्न स्टाइलिष्ट माेटरसाइकलहरू पाउन सक्छन् । भृकुटिमण्डप स्थित नाडा अटाे शाेमा भारतिय देखि जापनिज बाइकहरूकाे बर्चस्व रहेकाे छ ।
शाेमा अार्इएमर्इ ग्रुपले भिर्त्राएकाे बार्इक युएम प्रति युवा पुस्ताहरूकाे अाकर्षण देखिएकाे छ । यसैगरी हेर्ली डेभिल्सन, केटिएम ड्युक, राेयल इन्ल्फिल्ड, हिराे, एचएडब्लुके २०० सिसि, हाेन्डा तथा बजाजका नयाँ बाइक प्रति युवाहरूकाे राेजार्इ परेकाे छ । राजधानीका मध्यम तथा कामकाजी युवाहरू विच दुर्इपाङ्ग्रे सवारी लाेकप्रिय रहेकाे छ । बढ्दाे महंगी तथा राजधानीमा बढ्दाे ट्राफिक जामबाट बच्न पनि दुर्इ पांग्रे सवारी सजिलाे हुने गरेकाे छ ।
मेलामा एक दर्जन भन्दा बढि माेटरसाइकल कम्पनीले स्टल राखेका छन् ।
युवतिहरूकाे राेजार्इ स्कूटर
स्कूल कलेज जाने तथा कार्यालय जाने युवतिहरूले स्कूटर राेज्ने गरेका छन् । कुदाउन सजिलाे तथा इकाेनाेमिक भएकाले अधिकांश युवतीहरूले स्कूटर राेज्ने गरेकाे मेलामा अाएकी एक युवतिले बताइन् । मेलामा यामाहा, बजाज, हिराे तथा हाेन्डाका स्कूटरहरू राखिएका छन् ।
हेराैं केही फाेटाेहरू
तस्वीरः सिअार बस्नेत
“








