यी प्रहरी अधिकारी र जवान, जसले साउन महिनामा उत्कृष्ट काम गरे

काठमाडौँ, भदौ १९ । महानगरीय प्रहरी वृत्त, जनसेवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) टेकुनन्द इवा लिम्बु र प्रहरी वृत्त, लैनचौर प्रमुख (डिएसपी) गौतमकुमार केसीले संयुक्त रुपमा प्रहरी अवार्ड प्राप्त गरेका छन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले स्थापना गरेको काठमाडौं प्रहरी अवार्ड दुई डिएसपीले संयुक्त रुपमा प्राप्त गरेका हुन् । उनीहरु यो महिनाको उत्कृष्ट डिएसपी घोषित भएका हुन् ।

बुधबार परिसरमा आयोजित एक समारोहका बीच उनीहरुलाई ५० हजार राशिको पुरस्कार प्रदान गरिएको हो ।

त्यस्तै, प्रहरी निरीक्षकतर्फ अनिलकुमार अधिकारी र जितेन्द्र श्रेष्ठ उत्कृष्ठ घोषित भएका छन् । अधिकारी हाल प्रहरी परिसर, काठमाडौंमा कार्यरत् छन् भने श्रेष्ठ महानगरीय प्रहरी वृत्त दरबारमार्गमा कार्यरत् छन् । उनीहरुले संयुक्त रुपमा जनही ३५ हजार राशिको पुरस्कार प्राप्त गरे ।

असईहरुमा सुरेन्द्रबहादुर बसेल फर्पिङ र महाराजगञ्जका विश्वभूषण खड्कालाई २० हजार, प्रहरी हवल्दार दरबारमार्गका किशोरकुमार गोले र साँखु प्रभागका रूपबहादुर थापा १५ हजार प्राप्त गरे।

वृत्त बालाजुमा कार्यरत प्रहरी जवान कमलप्रसाद देवकोटा साउन महिनाको उत्कृष्ट प्रहरी जवान बने। उनले एकल रुपमा १० हजार राशिको पुरस्कार प्राप्त गरेका हुन्।

महानगरीय प्रहरी परिसर काठमाडौंद्वारा बंगलादेश बैंकसँगको सहकार्यमा हरेक महिना उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकारीलाई पुरस्कृत गर्दै आएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *