कार्यकर्ताका माझ गएर भगवती चौधरीले भनिन्–‘सदैव जनताका माझ रहेर काम गर्नेछु’

भाद्र २०, सुनसरी । प्रतिनिधिसभा निर्वाचनमा सड्यन्त्रपूर्वक हार ब्यहोर्न बाध्य भएकी सुनसरी क्षेत्र नं. ३ की भगवती चौधरी आफ्ना क्षेत्रमा कार्यकर्ता र जनता भेटघाटमा लागेकी छिन् ।

मंगलबार नेपाल कम्युनिष्ट पार्टीको समायोजन तथा समसामयिक विषयमा सो क्षेत्रका अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम मा नेतृ चोधरीले आफ्ना कार्यकर्ता तथा स्थानीय अगुवा, बुद्धिजिवीहरुसँग समेत भेटघाट गरिन् ।

सुनसरीको बर्जु गाउँपालिका शान्तिबनमा भएको कार्यक्रममा सो क्षेत्रका नेकपाका स्थानीय यूवा तथा कार्यकर्ताहरुले नेकपाकी केन्द्रिय सदस्य समेत रहेकी चौधरीलाई न्यानो स्वागत गरेका थिए ।

गएको प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रका हरेक मतदाताका घरदैलोमा पुगेर जनताका समस्या समेत बुझेकी चौधरीले भेटघाट कार्यक्रममा पार्टीका कार्यकर्तालाई पार्टी समायोजनका विषयमा आफ्ना सान्दर्भिक विचार राख्दै सबैलाई मिलाएर दुवै पार्टी (तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र) का नेता तथा कार्यकर्ताको मनोभावना बमोजिम समायोजन गर्नुपर्ने औंल्याएकी छिन् ।

‘मुलुकलाई शान्ति र संवृद्धिको कार्यदिशामा डोर्याउन बाम पार्टीविच एकता भएको हो, यो एकतालाई टुंगोमा पुर्याउन र देश विकासका लागि अब हामीले ब्यक्तिगत चाहनालाई त्यागेर पार्टी र देशका लागि काम गर्न आवश्यक छ ।’–उनले भनिन्–‘म सबै नेता तथा कार्यकर्ताहरुलाई सबैको योगदानको कदर गर्दै सम्मानपूर्वक समायोजनमा जाने वातावरण बनाउन आग्रह गर्दछु ।’ स्थानीय स्तरमा भेला भएका पार्टीका नेता तथा कार्यकर्तालाई संवोधन गर्दै उनले भनिन् ।

महिलालाई आर्थिक अधिकारमा पहुँच पुर्याउनु पर्छ भन्ने उद्देश्य सहित स्थापित फरवार्ड नेपाल तथा फरवार्ड माइक्रोफाइनान्स लि. कि अध्यक्ष समेत रहेकी नेतृ चौधरीले सो अवसरमा स्थानीय तहमा भएका विकास, त्यहाँका साझा समस्याका बारेमा समेत जानकारी लिएकी थिइन् ।

सो क्षेत्रबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद विजयकुुमार गच्छदारले पटकपटक मन्त्री हुँदा पनि कुनै ठोस योजना नल्याउँदा सो क्षेत्रका जनता अझैपनि गरिबीको रेखामुनी पिल्सिइरहेका छन् ।

बर्जु गाउँपालिकाका अधिकांश टोल र घरमा विकासका सामान्यपूर्वाधार समेत पुग्न सकिरहेको छैन । जसले गर्दा यहाँका जनता अझैपनि गरिबी, अशिक्षा र पछौटेपनबाट पिडित छन् । यो क्षेत्र कृषिका लागि उत्तम क्षेत्र भएपनि यहाँ अझैपनि आधुनिक कृषि, उन्नत विउविजन, शीतभण्डार, ब्यवसायीक कृषि खेतीका योजना पुग्न सकेका छैनन् ।

फरवार्ड माइक्रोफाइनान्सले सो क्षेत्रका महिलालाई आर्थिक रुपमा अगाडी बढाउन लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । ग्रामिण महिलाहरुमा रहेको घरेलु सिप तथा ज्ञानलाई ब्यवसायीकरण गर्न संस्थाले विना धितो सामुहिक जमानीमा सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्दै आइरहेको छ । यसका अलावा फरवार्डले महिला शशक्तिकरण महिला शिक्षा, स्वास्थ्यका विषयमा सचेतना समेत सञ्चालन गर्दा यहाँका धेरै महिलाहरु आत्मनिर्भरको बाटोमा अग्रसर भएका छन्, तथापि, राज्यले सो क्षेत्रको विकासका लागि दिर्घकालिन योजना तर्जुमा नगर्दा सो क्षेत्रको विकास हुन सकिरहेको छैन ।

‘एउटा निजी क्षेत्रले मात्र सबैकूराको विकास गर्न संभव छैन, यो क्षेत्रलाई राज्यले कृषि पकेट जोनको रुपमा विकास गरेर आधुनिक ब्यवसायीक कृषि प्रणाली लागू गर्न सकेको अवस्थामा यहाँका जनताको जिवनस्तर उकास्न सकिने थियो ।’ नेतृ चौधरीले भनिन् ।

उनले मुलुक संघियतामा गइसकेको र संघियता कार्यान्वयन पनि भइरहेको अवस्थामा अब विस्तारै जनताको जिवनस्तरमा सुधार हुँदै जाने अपेक्षा पनि गरिन् । ‘विकास भन्ने कुरा एकै चोटी हुने कुरापनि हैन, तरपनि यो क्षेत्रबाट विगतमा पटकपटक नेतृत्वमा पुग्नेले भने जनताका चाहना र आवश्यक्तालाई कुल्चिएकै हो । संघिय प्रणालीमा स्थानीय सरकारसँग धेरै अधिकार हुने भएकोले अब यो क्षेत्रलाई कसरी अगाडी बढाउने हो स्पष्ट योजना बनाउन आवश्यक छ । यो क्षेत्रको विकास र उन्नतिका लागि म सदैव जनताका माझ रहेर काम गर्न तयार छु ।’ चौधरीले भनिन् ।

उनले आफु केहिदिन गृह क्षेत्रमा रहेर पार्टीका कार्यकर्ता तथा स्थानीय जनतासँग सात्क्षात्कार गर्ने बताइन् ।
००००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *