पोर्चुगिज प्रशिक्षक जोसे मोउरिन्होले जेल सजाय स्वीकार गरे


“एजेन्सी – पोर्चुगिज प्रशिक्षक जोसे मोउरिन्होले स्पेनिस कर अधिकारीले लगाएको एक वर्षको जेल सजाय स्वीकार गरेका छन् । उनलाई स्पेनीस क्लब रियल मड्रिडमा रहदा ३.३ मिलियन युरो कमाइको कर छलिको आरोप लागेको थियो ।
स्पेनी कानुनका अनुसार पहिलो पटकको अपराधका लागि दुई वर्ष भन्दा कमको सजाए जरिवाना तिरे पुग्ने व्यवस्था गरिएको छ । सोहि कारण म्यानचेस्टर युनाइटेडका प्रशिक्षक मोउरिन्होलाई कर छलिको ओरोपमा एक वर्षको जेल सजाए सुनाएपनि उनले जरिवाना तिरे पुग्ने भएको हो।
मोउरिन्होलाई आयरल्याण्ड, ब्रिटिस भर्जिन टापु र न्युजल्यान्डमा सन् २०११ मा तस्बिर अधिकार सम्बन्धि कम्पनिको कमाई लुकाएको आरोप लागेको थियो । उनलाई १.९ मिलियन युरोको जरिवाना लगाइएको छ।
ईएल मुन्डो रिपोर्टका अनुसार केही दिनमा यसबारे अदालतमा वकालत हुने बताईएको छ। सन् २०११ र २०१२ मा क्र छली शुल्कमाथि मोउरिन्होसँग एक सम्झौता गरेको थियो।
पछिल्लो बर्ष नोभेम्वरमा मोउरिन्होले अदालत बाहिर भनेका थिए, ‘मैले केहि जवाफ दिएको छैन । मैले बहस पनि गरेको छैन। मैले राज्यलाई आवश्यक जरिवाना भुक्तान गरेको छु र हस्ताक्षर गरेको छु । केश बन्द भएको छ ।’ स्पेनीस कर एजेन्सी तत्काल टिप्पणीका लागि त्यहाँ उपलब्ध थिएन ।
स्पेनिस अदातले बार्सिलोनाका लिओनल मेस्सी र पूर्व रियल मड्रिडका क्रिस्टियानो रोनाल्डोलाई पनि यसै सम्बन्धमा रहेर कर छलिको आरोप लगाएको थियो । दुवै खेलाडीको केस पनि यसैअनुसार समाप्त भइसकेको छ ।“
