होटल कान्तिपुरमा मृत भेटीएकी युवती र फरार युवक प्रेमी–प्रेमीका भएको खुलासा !

धरान, भदौ १७ । गत शुक्रबार (१५ गते) सुनसरीको धरान–१८ स्थित होटल कान्तिपुरमा मृत फेला परेकी युवतीसँगै रहेका युवक प्रेमी प्रेमीका भएको खुलेको छ ।

हत्या आशंकामा पक्राउ परेका धरान –१ का रोनिश श्रेष्ठको बयानपछि उनीहरु प्रेमी प्रेमिका भएको खुलेको हो ।

उनीहरु विगत ४ हप्ता बढी समयदेखि सो होटलमा बस्दै आएको कुरा प्रहरी अनुसन्धानबाट खुलेको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन कुमार तिम्सीनाले बताए ।

गत शुक्रबार पनि सोही सिलसिलामा धरान–१ का रोनिश श्रेष्ठ धरान–१८ कि रिता राई होटलमा गएका थिए । युवतीको मृत्यु भएपछि भने होटल साहुलाई पैसा निकालेर आउछु भन्दै युवक फरार भएका थिए ।

फरार भएका श्रेष्ठलाई सोही राती नै ट्रक चढेर भाग्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालयको टोलीले धरान–८ स्थित तिनकुनेबाट नियन्त्रणमा लिएको थियो ।

उता मृत्युको कारण भने शव पोष्टमार्टम रिपोर्ट अनुसन्धानपछि मात्रै पत्ता लाग्ने डिएसपी तिम्सिनाले जानकारी दिए ।

युवतीको शव विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ भने मृत्युको कारणबारे अनुसन्धान भइहरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *