लेगानेसमाथि रियल मड्रिडको शानदार जित, सेल्टासँग एथ्लेटिको मड्रिड २-० ले पराजित

“एजेन्सी, भदौ १७ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले प्रभावशाली यात्रा कायम राखेको छ । शनिबार राति भएको खेलमा रियल मड्रिडले लेगानेसमाथि ४–१ को जित निकाल्यो ।

घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई जिताउन करिम बेन्जिमाले दुई तथा ग्यारेथ बेल र सर्जिओ रामोसले एक एक गोल गरे । लेगानेसका लागि कार्रिलोले एक गोल फर्काए ।

१७ औँ मिनेटमा बेलको गोलबाट रियल मड्रिडले अग्रता लियो । तर २४ औँ मिनेटमा पाएको पेनाल्टीमा कार्रिलोले लेगानेसका लागि गोल फर्काए । दोस्रो हाफमा रियल मड्रिडले तीन गोल थप्यो ।

बेन्जिमाले ४८ र ६१ औँ मिनेटमा गोल गरे । यस्तै ६६ औँ मिनेटमा पाएको पेनाल्टीमा रामोसले गोल गरेपछि रियल मड्रिड ४–१ ले विजयी भयो । लिगमा रियल मड्रिडको यो लगातार तेस्रो जित हो । तीन खेलबाट ९ अंक जोडेको रियल मड्रिड शीर्ष स्थानमा छ ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा एथ्लेटिको मड्रिड सेल्टा डी भिगोसँग २–० ले पराजित भयो ।

लिगका सुरुका तीन खेलमा यो उसको पहिलो हार हो । यसअघिका खेलमा एक जित र एक हार बेहोरेको एथ्लेटिको तेस्रो खेलमा अवे मैदानमा पराजित भयो । सेल्टाका लागि म्याक्सी गोमेज र लागो एस्पासले गोल गरे ।

७२ औँ मिनेटमा स्टेफान साविक दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एथ्लेटिको मड्रिड १० खेलाडीमा सीमित भयो । तीन खेलबाट चार अंक जोडेको एथ्लेटिको १० औँ स्थानमा छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =