शक्ति सन्तुलनको अवस्थामा नेपालमा ऐन कानुन परिवर्तन हुने गरेको प्रदिप भण्डारीको खुलासा 

धरान,सुनसरी भाद्र, १५ । प्रदेश नं १ का सभामुख प्रदिप कुमार भण्डारीले शक्ति सन्तुलनको अवस्थामा नेपालमा ऐन कानुन परिवर्तन हुने गरेको खुलासा गरेका छन् ।

धरानमा  बिहिबार उद्योग वाणिज्य संघ सुनसरीको ५५ औ वार्षिक उत्सव तथा उद्योगी एवम् व्यवसायीहरुको हक अधिकार, दण्ड, जरिवाना र श्रमसम्बन्धी गोष्ठीलाई सम्बोधन गर्ने क्रममा यस्तो खुलासा गरेका थिए ।

भण्डारीले सिमित दायरामा मात्र नभएर विकासकाक्षेत्रमा समेत ऐन कानुनले महत्वपुर्ण भुमिका निर्वाह गर्ने समेत बताए ।

साथै उनले अप्ठ्यारो कानुनलाई सच्याएर जाने प्रतिबद्धता व्यक्त गरे ।

भण्डारीले आर्थिकक्षेत्रको मेरुदण्ड उद्योगी व्यवसायी नै भएकोले सरकारले व्यवसायीहरुलाई संरक्षण गरेर जाने समेत बताए ।

तिन तहका सरकारले कानुनी रुपले व्यवस्था भएको करको सन्र्दभमा सबै तहमा मिलाएरै जाने दावी समेत गरे ।

सोही कार्यक्रममा सभासद् उमिता बराईलीले उद्योग धन्दालाई विकास गरेर जानु सरकारको प्रमुख दायित्व हुनुपर्ने उल्लेख गरे ।

१ नं प्रदेश सरकारले सदनमा बन्द उद्योग धन्दा देखी लिएर सरकारी स्वामित्वको संरचनाहरुको बिधेयकहरु ल्याउने क्रममा समेत रहेको बताए ।

उद्योग वाणिज्य संघ सुनसरीको सभाहलमा गरेको कार्यक्रममा ईलाका प्रहरी कार्यलय धरानका डि.एस. पि. सुमन तिम्सीना, आन्तरीक राजश्व कार्यलय धरानका कर अधिकृत, देव नारायण पौडेल, उद्योग वाणिज्य संघ सुनसरीका निवर्तमान अध्यक्ष सरोज श्रेष्ठ, अधिवक्ता सुर्य कुमार विमली लगायतले बोलेका थिए ।

संघका अध्यक्ष राजेन्द्र शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने महासचिव शिबराज श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *