दाङ: पुलबाट कार खस्यो, दुई जना घाइते

२०७४ जेठ १५ गते

“
चितवन, भदौ १५ । काठमाडौँबाट दाङ जाँदै गरेको कार आज बिहान जुगेडी पुलबाट तल खस्दा दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयलका अनुसार बिहान ७ बजेतिर बा१७च २२१ नं को कार आफैँ अनियन्त्रित भई नारायणगढ मुग्लिन सडक खण्डको जुगेडी पुलबाट तल खसेको हो ।
कारका चालक रामेछाप निवासी २१ वर्षीय एकराज खत्री र कारमा सवार कञ्चनपुर जिल्लाको बेलौलीका ३४ वर्षीय दुर्गाप्रसाद चौधरी घाइते भएका छन् ।
पुरानो मेडिकल कलेजमा उपचार भइरहेको उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित