वडा सदस्यको घर बिप्लव नेतृत्वको नेकपाको कब्जामा

२०७४ जेठ १५ गते

“रोल्पा, भदौ १५ । विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले रोल्पामा जनप्रतिनिधिको घर कब्जामा लिएका छन् । भ्रष्टाचार गरेको आरोप लगाउँदै उनीहरुले माडी गाउँपालिका–१, पेदीखोलास्थित वडासदस्य हरिप्रसाद घर्तीको घर कब्जा गरेको हुन् ।
बिहीबार ठुलो संख्यामा आएका विप्लव कार्यकर्ताले घर घेराउ गरी कब्जा गरेका हुन् ।
उनको घरमा पार्टीको झण्डा गाडेर कब्जा गरिएको नेकपा गाउँपालिकाका प्रमुख सूर्य खड्काले स्वीकार गरे ।
तर, वडासदस्य हरिप्रसाद घर्तीले भने आफूले भ्रष्टाचार नगरेको र गरेको प्रमाणित भएमा कानून बमोजिम सजाय भोग्न तयार रहेको बताए ।
वडासदस्य हरिप्रसाद घर्तीले ११ भदौमा आफूलाई विप्लव समूहका नेकपा कार्यकर्ताले अपहरण गरी जंगलमा लगी कुटपिट गरेको बताएका छन् । प्रहरीले भने आफ्नोतर्फबाट सुक्ष्म अनुसन्धान जारी रहेको बताएको छ ।”

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित