अस्थायी शिक्षक संर्घष समितिको दोस्रो चरणको आन्दोलन सुरु

काठमाडौं, साउन ११ । अस्थायी शिक्षक संर्घष समितिले आजबाट दोस्रो चरणको आन्दोलन शिक्षा मन्त्रालय अगाडी धर्ना दिएर सुरु गरेको छ । संर्घष समितिसंग यसअघि भएको ४ बुदे सहमती कार्यान्वयन नभएको भन्दै संर्घष समितिले दोस्रो चरणको आन्दोलन सुरु गरेको हो ।

सहमतीको उल्लघन गर्दै भदौ ३ गते शिक्षक सेवा आयोगले परिक्षा सञ्चालन गर्न खोजेको र शिक्षा ऐन शंसोधन गर्न नखोजेकाले दोस्रो चरणको आन्दोलन सुरु गर्नु परेको संर्घष समितिका बरिष्ठ उपाध्यक्ष शुरेन्द्र अधिकारीले बताउनुभयो । उहाँले आफ्ना मागहरु तत्काल सम्बोधन नभए भोलीबाट आमरण अनसन सुरु गर्ने बताउनुभयो ।

संर्घष समितिले भदौ ३ गते सुरु हुने शिक्षक सेवा आयोगको परिक्षाको तयारी छोडेर भोलीदेखी संर्घष समितिले सुरु गर्न लागेको आमरण अनसनमा सहभागी हुन सवै अस्थायी शिक्षकहरुलाई अनुरोध गरेको छ । संर्घष समिति, शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबिच गएको असार ९ गते ४ वुदे सहमती भएको थियो । देशभरमा २६ हजार १ सय अस्थायी शिक्षक रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *