काठमाडौँमा आज विजोर नम्बरका गाडी मात्रै चल्न पाउने

“काठमाडौँ, भदौ १३ । काठमाडौँ उपत्यकामा बुधबार विजोर नम्बरका गाडी मात्रै चल्न पाउने छन् । सरकारले बिमस्टेक सम्मेलन चलिरहँदा काठमाडौँको ट्राफिक व्यवस्थापन गर्न आजदेखि  तिनदिन जोर–विजोर प्रणालीमा सवारी चलाउने निर्णय गरे अनुसार बुधबार विजोर नम्बर प्लेट भएका गाडी मात्रै चल्न पाउने छन् ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार १३ र १५ गते विजोर नम्बरका गाडी चल्न पाउनेछन भने १४ गते जोर नम्बरका गाडी चल्न पाउनेछन् । नम्बर प्लेटको अन्तिम अंकका आधारमा जोर विजोर लागु हुनेछ ।

१३ र १५ गते विजोर अर्थात सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक १, ३, ५, ७ र ९ भएका गाडी चलाउन पाइनेछ भने १४ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक ०, २, ४, ६ र ८ भएका गाडी चलाउन पाइनेछ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *