खोलाले बगाएका तामाङ दम्पतीमध्ये श्रीमान्को शव फेला, श्रीमति अझै बेपत्ता

२०७४ जेठ १५ गते

“
रामेछाप, भदौ १२ । रामेछापको लिखु तामाकोसी गाउँपालिकामा घाँस काट्न गएका दम्पतीलाई खोलाले बगाएका दम्पतीमध्ये श्रीमानको शव आज फेला परेको छ ।
सोमबार अपरान्ह घाँस काट्न गएका लिखु तामाकोसी गाउँपालिका–५ नागदहका ३२ वर्षीय सिँहबहादुर तामाङ र उनकी पत्नी ३१ वर्षीया राममाईँ तामाङ मंगलबार पनि घर नफर्किएपछि बिहानबाट गाउँलेले खोजी सुरु गरेका थिए ।
खोजीका क्रममा छोरीले खोला किनारमा आमाले लगाएको चप्पल फेला पारेपछि गाउँलेलाई खबर गरेकी थिएन । त्यसलगत्तै खोजी गर्दा गैरीखोलाको श्रीपञ्चमी भन्ने स्थानमा सिँहबहादुरको शव फेला परेको थियो ।
सिँहबहादुरको शव खोलामा गाडिएको अवस्थामा फेला परेको तामाकोशी गाउँपालिका–५ का वडाध्यक्ष सोमबहादुर तामाङले बताए । उनकी श्रीमतीको खोजी कार्य जारी छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित