‘जेल ब्रेकर’ कमाण्डर उमा पक्राउ


“काठमाडौं, भदौ १२ । नेत्रबिक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपाकी शीर्ष नेतालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। चर्चित माओवादी नेतृ उमा भुजेल ‘शिलु’ लाई प्रहरीले मंगलबार काठमाडौँबाट पक्राउ गरेको हो।
उनलाई पक्राउ गरिएको कुरा प्रहरीले गोप्य राखेपनि पारिवारिक स्रोतले भने पुष्टि गरेको छ ।
१० बर्षे माओवादी जनयुद्धकी चर्चित नेतृ भुजेलको नेतृत्वमा ५ जना माओवादी कार्यकर्ताह?ले जनयुद्धकालमा गोर्खा जेल ब्रेक गरेका थिए ।
पहिलो संविधान सभा सदस्य र त्यसअघिको अन्तरिम संसदमा सदस्य समेत रहेकी भुजेल बिप्लवको नेतृत्वको नेकपाकी शीर्ष नेता हुन् ।
गोर्खा जेल ब्रेक गरेर निस्केकी नेतृ भुजेल त्यसपछि माओवादीको सैन्य फाँटमा सक्रिय रहिन् र जनसेनाको ब्रिगेड कमाण्डर र कमिसार भइन् ।
माओवादी विभाजित भएपनि सु?मा मोहन बैद्य नेतृत्वको माओवादीमा लागेकी उनी त्यो पार्टीपनि विभाजित भएपछि चन्द नेतृत्वको माओवादीमा सक्रिय छिन् ।”
