खुलामञ्चमा टिकट, बसपार्कमा गाडी

२०७४ जेठ १५ गते

“काठमाडौं, भदौ १२ । काठमाडौंको खुलामञ्चमा टिकट काटेर यात्रुले बस चढ्न केहि दिन पूरानो बसपार्क पुुग्नुपर्ने भएको छ । खुुल्लामञ्चमा चार दिन गाडी पार्किङ गर्न रोक लगाएको हो ।
बसपार्क मर्मत गर्नका लागि चार दिन पार्किङ गर्न रोक लगाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
खुलामञ्चबाट छुुट्ने सिन्धुपाल्चोक, दोलखा, रामेछाप लगायत विभिन्न रुटका गाडी अब नयाँ बसपार्कबाट छुट्ने छन् ।
तर टिकट लिन भने यात्रुुले खुलामञ्च नै पुुग्नुु पर्ने छ । खुलामञ्चबाट छुट्ने उपत्यका भीत्रका गाडीलाई भने पार्किङ नगरी गाडी घुमाएर यात्रुु चढाउने र झार्ने व्यवस्था मिलाएको छ ।
यसअघि पुरानो बसपार्कमा सुविधासम्पन्न टावरको निर्माण गर्न भन्दै उपत्यका र अरनीको राजमार्ग भएर चल्ने गाडीको पार्किङ खुलामञ्च सारिएको थियो । तर खुलामञ्चमा पनि मर्मत हुने भए पछि पार्किङमा रोक लगाइएको हो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित