धरानमा व्यक्तिगत घटना दर्ता अब सबै निःशुल्क


“
धरान, भदौ ११। सुनसरीको १२ वटा स्थानीय तह मध्ये धरान उपमहानगरपालिकाले व्यक्तिगत घटना दर्ता सेवाहरुमा निःशुल्क हुने जनाएको छ ।
पछिल्लो समय स्थानीय तहले मनपरि ढंगले कर निर्धारण गरेको चर्चा चलिरहदा सुनसरीका धरान उपमहानगरपािलकाले भने व्यक्तिगत घटना वापत कुनै शुल्क नलाग्ने जनाएको हो ।
सोमबार धरान उपमहानगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरी धरान उपमहानगरपालिकाले करको दायराको बारेमा जानकारी दिएको छ ।
सम्मेलनमा उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मन्जु भण्डारी सुबेदीले जनताको सुविधालाई ध्यानमा राखी घटना दर्ता निःशुल्क हुने बताइन् ।
जन्मदर्ता, मृत्युदर्ता, विवाह बसाइँसराइ सम्बन्ध विच्छेदजस्ता व्यक्तिगत घटनाको सिफारिश निःशुल्क गरिने नगरपालिकाले जानकारी दिएको छ ।
यदि जन्म, मृत्यु, विवाहको हकमा ३५ दिन नाघेमा शुल्क लाग्ने नगरपालिकाकी कार्यवाहक प्रमुख सुवेदीले जानकारी दिएकी छिन्।नगरपालिकाले स्वास्थ्योपचार, दैविक प्रकोप, आर्थिक अवस्था कमजोर भएको, छात्रवृत्ति, विपन्नता आदि सिफारिश, भूकम्प प्रभावित लाभग्राहीलाई समेत विशेष सुविधाको व्यवस्था गरेको छ ।
त्यस्तै नक्सापास दस्तुर, शहरी स्वास्थ्य सेवा सञ्चालन अनुमति, योजनाको सम्झौता लगयातमा ३ बर्षको सम्पती कर र घर नक्सा पास दस्तुरमा ४० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
साथै मालपोत तथा भुमि कर भने नगर क्षेत्रमा बिगतमा नलागेको र चालु आर्थिक बर्षमा साबिक नगरपालिकाको हकमा प्रतिधुर १० र गाबिसको हकमा प्रतिधुरी ५ का दरले लाग्नेछ,त्यस्तै घरबहाल करको बिषयका उपमहानगरपालिकाकाले सरकारीलाई बुझाईदै आएको १२ प्रतिशत कर हाल उपमहानगरपालिकाले लागु गर्नुका साथै यसबाट कुनै करदातालाई मर्का नपर्नै जनाएको छ ।सबारी करमा साबिककै सरह नै कर उठाईरहेको नगरपालिकाकाले जनाएको छ भने सबारी करमा पनि वृद्धि भएको छैन ।
त्यस्तै धरान उपमहानगरपालिकाले मनोरञ्जन करमा कुनै कर लागु गरेको छैन भने सो कर प्रदेश सरकारले नै उठाउने जनाएको छ ।
बिज्ञापन करमा केही बृद्धि गरिएको छ भने जडिबुटी तथा कवाडी करमा जिल्ला समन्वय समिति र प्रदेश सरकारले निर्धारण गरेको शुल्कलाई नै आधार मानी निर्धारण गरेको छ ।
घरबहाल करमा साबिकको लाग्दै आएको करलाई १० बाट बढाएर १२, १५ बाट २०,२० बाट २५ र गाडीमा डुलाएर माइक लगाई वा नलगाई सामान बिक्री गर्नै घुमुवा ब्यापारीलाई ५० रुपैया कर लागु गरेको छ ।
त्यस्तै पशुसेवा,अब्यवस्थित बसोबास व्यवस्थापन शुल्क, उपकरण उपयोग ,सभागृह भाडा, बहुउदेश्य पसल भवन करमा कुनै परिवर्तन गरिएको छैन । त्यस्तै धर्मपुत्र,धर्मपुत्री,सिफारीस १ हजार बाट घटाएर ५ सय र हकवाला संरक्षण सिफारिस कर ५ सयबाट घटाएर ३ सय निर्धारण गरेको नगरपालिकाले जनाएको छ ।
“
