कञ्चनपुर आज पनि अशान्तः नेकपाका नेता रावलविरुद्ध नेवि संघको प्रदर्शन

कञ्चनपुर, भदौ ८ । कञ्चनपुरमा नेपाल विद्यार्थी संघले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलविरुद्ध प्रदर्शन गरेको छ ।

विद्यार्थीहरुले नेता रावलको अभिव्यक्तिको विरोध गर्दै जिल्ला प्रशासन कार्यालय अगाडी टायर बालेर प्रदर्शन गरेका हुन् ।

निर्मला पन्तको हत्या प्रकरणमा नेता रावलले काँग्रेसीहरुले कञ्चनपुरमा निर्मला हत्याकाण्डको मुद्दालाई राजनीतिसँग जोडेर आन्दोलन गरिरहेको भन्दै दिएको अभिव्यक्तिको विरोधमा नेपाल विद्यार्थी संघले शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको अगाडि प्रदर्शन गरेको हो ।

निर्मला हत्या काण्डको मुद्दालाई राजनीतिसँग जोडेको संघको भनाइ छ ।

केही दिनदेखि अशान्त बनेको कञ्चनपुरमा प्रमुख जिल्ला अधिकारी, एसपी र डीएसपी फेरबदल भइ छानविन समिति गठन भएपछि सामान्य बनेतापनि नेविसंघको प्रदर्शनले कञ्चनपुर पुनः अशान्त बनेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुँबेरबहादुर कडायतले आन्दोलनलाई थप उग्र हुन नदिन व्यापक मात्रामा प्रहरी परिचालन गरिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *