व्यवसायीहरुलाई अध्यक्ष दाहालले भने– ‘कसरी कर छल्ने भन्नेतिर नलाग्नुस्’

काठमाडौँ, भदौ ७ । सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आर्थिक समृद्धिको परिकल्पनालाई साकार पार्न उद्योगी, व्यवसायीहरुलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।

बिहिबार काठमाडौँमा आयोजित इभेन्टस् एण्ड भेन्यू एशोसिएशन अफ नेपालको ८ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले आर्थिक समृद्धिको सपना साकार पार्न व्यवसायीहरुलाई प्रोत्साहन हुने वातावरण सिर्जना गर्नुपर्ने बताएका हुन् ।

कर छल्ने गतिविधिमा संलग्न नहुन उद्योगी व्यवसायीहरुलाई आग्रह गर्दै उनले भने,  ‘व्यवसायीले पनि कसरी कर छल्ने भन्नेतिर लाग्नु भएन । पछिल्लो समय यस्ता प्रवृत्ति देखिएका छन् । त्यो हुनु भएन ।’

उनले राज्यले उत्पादन वृद्धि गरी रोजगारीको अवसर सृजना हुनेगरी उद्योगी व्यवसायीहरुसँग सहकार्य गरेर अघि बढ्नु आवश्यक रहेको बताए ।

उनले राज्यले उद्योगी, व्यवसायीहरुलाई हेर्ने नकारात्मक दृष्टिकोणका कारण नेपालमा विकासतर्फको यात्राले तीव्रता पाउन नसकेको स्पष्ट पारे ।

अध्यक्ष दाहालले वैदेशिक लगानी भित्र्याउन पनि राज्यले नियन्त्रणकारी नभई सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने धारणा पनि राखेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *