एनआसीको शाखारहित सेवा बिस्तार

२०७४ जेठ १५ गते

“काठमाडौँ, भदौ ६ । एनआसी एसिया बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा पनि सेवा दिने उद्देश्यले शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । नयाँ शाखाका रुपमा बैंकले रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिकाको भुजौलीमा विस्तार गरेको छ ।
त्यहाँ सेवा प्रतिनिधिका रुपमा गंगा ढकाललाई नियुक्त गरेको छ । यस सेवामार्फत सेवाग्राहीले स्थानीय प्रतिनिधिमार्फत सहज रुपमा सेवा लिन सक्नेछन् ।
यसले सेवाग्राहीले लामो बाटो हिँडेर सेवा लिनुपर्ने बाध्यताबाट मुक्ति दिलाएको छ ।
हालसम्म यसले देशभर २३८शाखाकार्यालयहरु, २३२ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।”

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित