मिस प्लस टु को कलेज क्याम्पियन सुरु

सुनसरी, भदौ १ । प्लस टु का विद्यार्थीहरुलाई लक्षित गरि आयोजना हुन लागेको मिस प्लस टु २०१८ सिजन– २ को कलेज क्याम्पियन शुक्रबारबाट सुरु भएको छ ।

विद्यार्थीहरुमा भएको क्षमता अभिवृद्धि तथा पहिचान र अवसर प्रदान गर्नका लागि विग इभेन्ट नेपालले सो ईभेन्ट आयोजना गर्न लागेको हो ।

सोही क्रममा अयोजक विग इभेन्ट धरानका विभिन्न विद्यालयका विद्यार्थीहरुको माझमा पुगेका थिए ।

आयोजकको साथमा मिस प्लस टु २०१७ कि विजेता सिमरन तुलाधर आफै पनि विद्यार्थी माझ पुगेर आफ्नो अनुभव सुनाएकी थिईन ।

उनले मिस प्लस टु इभेन्टले आफुमा भएको क्षमता अभिवृद्धिसंगै आफुमा भएको क्षमता सबैको सामु देखाउने अवसर पाएको अनुभव सुनाइन ।

उनले यस्ता खालको इभेन्टले आफुमा भएको भित्रि सुन्दरता देखाउने अवसरसंगै क्षमता अभिवृद्धि गर्न समेत मद्धत मिलेको विद्यार्थीहरुलाई बताएकी थिइन ।

मिस प्लस टुको दोस्रो सिजनको पहिलो अडिसन यहि भाद्र ९ गते शनिवार धरान ९ स्थित हाङ्गकुक साराङ्ग कोरियन रेष्टुरेन्टमा हुँदैछ ।

अडिसनबाट छानौट भएकाहरुलाई महिला शसक्तिकरण तथा महिला अधिकार कक्षा, उद्घोषकला तालिम, प्रभावकारी भाषण कला तालिम, व्यक्तित्व विकास तालिम, महिला स्वस्थ्य, समस्या र समाधान कक्षा, आधारभूत पत्रकारिता र पर्यटन पर्वद्धन कक्षा, टेवल शिष्टाचार, र्याम्प वाक कक्षा, सौन्दर्य कला तालिम, नृत्यकला तालिम लगायत विषयमा सम्वन्धीत विज्ञहरुबाट करिव तीन हप्ता बन्द प्रशिक्षणमा राखेर आसोज १३ गते धरान ८ स्थित सभागृहमा ग्राण्ड फिनाले हुने विग इभेन्टका डाइरेक्टर प्रेम शाक्यले जानकारी दिए ।

विग इभेन्ट नेपालका डाइरेक्टर तथा डिजे ललित राईको कोरियोग्राफि रहने मिस प्लस टु दोस्रो सिजनका विजेताले पुरस्कार स्वरुप नगद पैतालिस हजार रुपैयाँ, फस्ट रनरअपले २५ हजार रुपैयाँ र सेकेन्ड रनरअपले १५ हजार रुपैयाँ र क्रमशः तीनै जना विजेता तथा उपविजेताले ट्रफि, क्राउन, गिप्ट ह्याम्पर र निशुल्क छात्रावुत्ति प्राप्त गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *