गाँउपालिकाको केन्द्रको बिषयमा विवाद, स्वास्थ्यचौकि तोडफोड

२०७४ जेठ १५ गते

“
डोल्पा, साउन १० । डोल्पाको मुड्केचुला गाँउपालिकाको केन्द्र कहाँ बनाउने भन्ने बिषयमा कुरा नमिले पछि बिबाद चर्किएकोे छ । केन्द्रको स्थान तोक्ने बिषयमा कुरा बाझिए पछि बैठक बसेको बेलामा स्थानियले स्वास्थ्य चौकिमा तोडफोड गरेका छन ।
यस भन्दा पहिले गाँउ कार्यपालिकाले निलदह भन्ने स्थानमा गाँउपालिकाको केन्द्र तोक्ने निर्णय गरेको थियो । सहमति गर्न इलको राजिकुम्दामा रहेको स्वास्थ्य चौकिको भवनमा बैठक बसेको बेला वडा नँ ६ का स्थानियले ढुङ्गामुढा गरे पछि स्थानिय ३ जना घाइते भएका छन् ।
स्वास्थ्यचौकिको जस्तापाता,झयाल सिसामा क्षती भएको इलाका प्रशासन कार्यालय इलले जानकारी दिएको छ । घाइते हुनेमा मुड्केचुला गाँउपालिका वडा नँ ३ का तपिलदर बोहोरा, हर्क बुढा र बिष्णु बुढा रहेका छन ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित