सिभिल अस्पताल पुगेर कांग्रेस सभापति देउवाले भेटे घाइते कार्यकर्ता

काठमाडौँ,साउन ५ । प्रहरीसँगको झडपमा घाइते भएका तरुण दल अध्यक्ष जितजंग बस्नेतसहित अन्य कार्यकर्ताहरुलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा पनि शनिबार दिउँसो सिभिल अस्पताल पुगेका छन् ।

घाइतेलाई भेट्दै सभापति देउवाले शान्तिपूर्ण आन्दोलनमा अमानविय र अपराधिक किसिमले आफ्ना कार्यकर्तामाथि सरकारले दमन गरेको बताएका छन् । पूर्व प्रधानमन्त्री देउवाले घटनाको घोर भत्र्सना गर्दै काठमाडौंका सबै निषेधित क्षेत्र हटाउनु पर्ने बताएका छन् ।

झडपमा तरुण दल अध्यक्ष बस्नेतसहित थुप्रै तरुण दल कार्यकर्ता घाइते भएका थिए । घाइते तरुण दलका कार्यकर्ताहरुसँग भेट्न कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, बालकृष्ण खाँड, रमेश लेखक, एनपी साउद, उदयशमशेर राणालगायत पनि सिभिल अस्पताल पुगेका थिए ।

घटनामा कांग्रेस ललितपुर सभापति मदनबहादुर अमात्य र पूर्वमन्त्री वीरबहादुर बलायर पनि घाइते भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =