विश्वकप फुटबल: नाटकिय खेलमा बेल्जियमको जित, जापान ३–२ ले पराजित

काठमाडाैं, असार १९। नाटकिय खेलमा जित हात पार्दै बेल्जियम विश्वकप फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । एसियन राष्ट्र जापानविरुद्धको खेलमा २–० ले पछि परेको स्थितीलाई उल्ट्याउदै बेल्जियमले उत्कृष्ट जित हासिल गरेको हो ।

बेल्जियमले अब सेमिफाईनल प्रवेशका लागि ब्राजिलसंग प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो हाफमा ५ मिनेटको अन्तरमा दुई गोल गर्दै जापानले खेलमा अग्रता बनाएको थियो । खेलको ४८ औ मिनेटमा जेन्की हारागुचीले गोल गर्दै दिलाएको अग्रतालाई ५२ औ मिनेटमा ताकासी इनुईले दोब्बर बनाएका थिए ।

तर ६९ औ मिनेट जान भर्टोनगेन गोल गर्दै बेल्जियमलाई खेलमा फर्काउने कोशिश गरे । त्यसको ५ मिनेटपछि मारोउने फेलानीले गोल गर्दै खेललाई २–२ स्थितीमा ल्याएका थिए ।

तर खेलको अन्तिम मिनेटमा नासिर चाड्र्लीले गोल गर्दै रेड डेभिल्सलाई नाटकिय जित दिलाए । उनले इन्जुरी समयको चौथो मिनेटमा गोल गरेका थिए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *