विश्वकप फुटबल: बेल्जियम समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश

काठमाडौं, असार १५ । विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत बेल्जियम समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ। बेल्जियमले शुक्रबार बिहान सकिएको समूह ‘जी’ को खेलमा इंग्ल्यान्डलाई १-० गोलले पराजित गर्दै समूह विजेताको रुपमा नकआउट चरणमा स्थान पक्का गरेको हो।

बेल्जियमको जितमा एडनान जानुजाजले खेलको ५१ मिनेटमा निर्णायक गोल गरेका थिए। योसँगै बेल्जियमले समूह चरणका ३ वटै खेलमा जित निकाल्न सफल भयो। यसअघिका २ खेलमा जित हात पारेको इंग्ल्यान्ड समूह उपविजेतामै सीमित बन्यो।

यता यो समूहकै अर्को खेलमा ट्युनिसियाले पानामालाई पराजित गरेको छ। दुवै टिम सुरुवाती २ खेलमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरिसकेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *