सुन प्रकरणमा उच्च तहका पात्रहरु पनि कानुुनको दायरामा आउन सक्छन्– गृहमन्त्री

काठमाडौँ, असार १३ । गृहमन्त्री रामबहादुर थापा (बादल) ले सुन प्रकणमा उच्चतहका व्यक्ति अनुसन्धानको दायरामा आएको बताएका छन् ।

बुधवार व्यवास्थापिका संसदको बजेट माथिको छलफलमा गृहमन्त्री थापाले सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिको समय नसकिएकोले थप उच्च तहका व्यक्तिहरु अनुसनधानको घेरामा आउने बताउँदै उच्चतहका व्यक्ति अनुसन्धानको दायरामा आएको बताएका हुन्।

गृहमन्त्री थापाले भने, ‘अहिले अनुसन्धान जारी छ। भविष्यमा उच्चतहका पात्रहरु पनि कानुको दायरमा आउन सक्छन्। अनुसन्धान अझै पनि टुङगिएको छैन।

४ वर्ष यता ३८ क्विन्टल सुन तस्करी भएको र त्यसमा उच्च राजनीतिक र गृहप्रशासनको संलग्नता हुन सक्ने तर्फ सांसदले गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए । गृहमन्त्री थापाले अध्ययन अनुसन्धान र छानविनपछि उच्च तहका पात्रहरु पनि कानुनको घेरामा आउने प्रतिवद्धता जाहेर गरे ।

साथै थापाले आपराधिक गतिविधि नियन्त्रणका लागि कानुन बमोजिम प्रशासनिक निकायलाई थप प्रभावकारी बनाइएको, भ्रष्ट्राचार कुकृति र जनविरोधी क्रियाकलापलाई निष्तेज पार्ने काम सुरु भइसकेको उल्लेख गर्दे अपराधमा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याउने बताए ।

सुन तस्करीको अनुसन्धान गर्न सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङ गरेको थियो। प्रधानमन्त्री ओलीले सुन तस्करीमा जो कोही संलग्न भएको देखिए अनुसन्धान गर्नसमेत निर्देशन दिएका थिए।

छलफलमा सांसदले राखेको जिज्ञासामा गृहमन्त्री थापाले त्यस्तै ठुला निर्माण व्यससायीलाई कारबाही भइरहेको जानकारीसमेत दिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 3 =