सभापति देउवाले पौडेलको कुरा ध्यान दिएर सुने

काठमाडौं, साउन ६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तत्काल संसदीय समिति तत्काल गठन गर्नुपर्ने बताएका छन् ।

शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैंठकलाई सम्बोधन गर्दै पौडेलले तत्काल समिति गठन गरेर प्रदेश नम्बर २ को चुनावका लागि टिकट वितरण गर्नु पर्ने बताएका हुन् ।

यसअघि टिकट जथाभावी वितरण गरिएका कारण पार्टीले हार ब्यहोर्नुपरेको उनले बताए । ‘त्यसैले अब हुने तेस्रो चरणको चुनावमा ध्यान पुर्याएर अघि बढौ । संसदीय समिति गठन गरेर त्यसमार्फत टिकट विरण गर्नुपर्छ ।’उनले भने । उनीसँगै बसेका पार्टी सभापति शेरबहादुर देउवाले ध्यान दिएर सुनिरहेका देखिन्थे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *