विश्वकप फुटबल: पेरुद्वारा अष्ट्रेलिया २–० गोल अन्तरले पराजित

काठमाडौं, असार १३ । विश्वकप फुटबल अन्तर्गत नकआउट चरण प्रवेशको सम्भावना बोकेको अष्ट्रेलियाले पेरुसंग २–० को हार ब्यहोरेको छ । समुह चरणको अन्तिम खेलमा एक खेल अगावै प्रतियोगिताबाट बाहिरिसकेको पेरुले अष्ट्रेलियालाई २–० गोल अन्तरले पराजित गरेको छ ।

खेलको १८ औ मिनेटमा आन्द्रे कारिलोको गोलबाट अग्रता लिएको पेरुकालागि ५० औ मिनेटमा जोसे पाब्लोले दोस्रो गोल गरेका थिए । पेरु तीन अंक सहित सुखद नतिजा निकाल्दै प्रतियोगिताबाट बिदा भएको छ । नकआउट चरण पुग्न असफल अष्ट्रेलियाको खातमामा मात्र १ अंक रहन पुग्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *