“””मिस्टर एण्ड मिस पूर्वाञ्चल स्टार – २०१८”” असार २५ देखि शुरु हुने”

काठमाडौँ, असार ७ । १६ देखि २७ वर्ष उमेर समूहका यूवा युवतीहरुमा लुकेर बसेका प्रतिभा प्रस्फुटन गराइ देशव्यापी रुपमा परिचित गराउने उद्देश्यले मिस्टर एण्ड मिस पूर्वाञ्चल स्टार २०१८ सौन्दर्य प्रतियोगिता शुरु हुने भएको छ ।

यूवा युवतीमा भएका प्रतिभा, क्षमता उजागर होस् भन्ने हेतुले मिस्टर एण्ड मिस पूर्वाञ्चल स्टार २०१८ सौन्दर्य प्रतियोगिता शुरु हुने भएको हो ।

बी क्वीन इभेन्ट प्रा.लि. द्वारा आयोजना हुने उक्त प्रतियोगितामा पूर्वाञ्चल जिल्लामा गइ छनौट प्रक्रियाबाट १५–१५ जना केटाकेटीहरु गरी ३० जनालाई प्रतिस्पर्धीका रुपमा मञ्चमा उतारिनेछ ।

प्रतियोगिताको छनौट राउण्ड असार २५ गते इटहरीबाट शुरु हुनेछ भने २६ विराटनगर, २७ धरान, २८ पथरी र दमकमा हुनेछ । र प्रतियोगिताको अन्तिम छनौट प्रक्रिया असार २९ गते झापाको बिर्तामोडमा गरिनेछ ।

पूर्वाञ्चलका विभिन्न जिल्लाहरुबाट छनौट भएका प्रतियोगीहरुलाई इटहरीमा प्रशिक्षण गराइ साउनको तेस्रो सातामा फिनाले गराउने बी क्वीन इभेन्टका सीइओ बिकास सिलवालले जानकारी दिएका छन् ।

 

 

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 16 =