प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी खछ्याङबिच अाज भेटवार्ता हुने

काठमाडौं, असार ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ समकक्षी ली खछ्याङसँग भेट्दै हुनुहुन्छ । भेट चिनियाँ समय अनुसार अपरान्ह ४ बजेतिर हुनेछ ।

चीनको ६ दिवसीय औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच हिजो बेइजिङको थ्यान आनमनस्थित ग्रेट हल अफ द पिपुल्समा भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री ओलीसँगको डेलिगेसनसँग सामूहिक वार्तामा बस्नुअघि सी र ओलीबीच छुट्टै कोठामा कुराकानी भएको थियो। त्यस क्रममा महत्वपूर्ण ९ बुँदे सम्झौता भएको छ । करिब ९ सय मेगावाट उत्पादन क्षमताका चार जलविद्युत् आयोजनामा चिनियाँ लगानी भित्रिने भएको छ ।

चिनियाँ कम्पनी र नेपाली निजी क्षेत्रबीच करिब १ खर्ब ८० अर्ब रुपैयाँ लागतमा कुल ८ सय ७९ मेगावाट क्षमताका चार आयोजनामा संयुक्त लगानी गर्ने लिखित सम्झौता भएको छ । चिनियाँ र नेपाली सरकारी तथा निजी क्षेत्रबीच सिमेन्ट र फलफूल उद्योग स्थापना तथा सिँचाइ परियोजनाका थप चार सम्झौतामा हस्ताक्षर भएको छ ।

चिनियाँ कम्पनीले दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्न हुवासिन सिमेन्ट उद्योग स्थापना गर्ने भएको छ । त्यस्तै नेपाली पस्मिनालाई चिनियाँ बजारमा विस्तार गर्न २ लाखदेखि ५ लाख थान पस्मिना खरिदका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

चीन सरकारले पूर्वी तराईको सिँचाइ प्रणालीलाई व्यवस्थित गर्नसमेत सहयोग गर्ने भएको छ । पूर्वी तराईको सिँचाइ प्रणालीलाई व्यवस्थित गर्न बनाउन लागिएको बिरिङ, कमला, कन्काई नदी सिँचाइ परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पार्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =