कोशी नदीमा ट्रक खस्यो, दुईको मृत्यु ६ घाइते

सुनसरी, असार ६ । कोशी ब्यारेजबाट नदीमा जेसीबी बोकेको ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ भने ६ जनाको घाइतेको उद्धार गरिएको छ ।

प्रहरीले ट्रक खसेको स्थानबाट दुईवटा शव फेला परेको छ भने ६ को उद्धार गरेको हो । घाइते हुनेहरुलाई इनरुवा स्थित जिल्ला अस्पताल र बिराटनगर उपचारको लागी लगिएको सुनसरी प्रहरीले जानकारी दिएको छ ।

कोशी ब्यारेजको १९–२० नम्बरको ढोका नजिकबाट नम्बर नखुलेको ट्रक बढी लोड भएको कारण पुलबाट खसेको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा ब्यारेज मर्मतको लागी खटिएका कर्मचारी समेत परेका छन् । उनीहरुलाई ट्रकले किचेर कोशीमा झरेको थियो ।

घटनाको बिषयमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − fourteen =