सोलुखुम्बुमा २० करोड ७१ लाख राजश्व संकलन

२०७४ जेठ १५ गते

“
सोलुखुम्बु, साउन ६ । आर्थिक वर्ष २०७३÷७४ मा रु २० करोड ७१ लाख २५ हजार राजश्व संकलन भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार जिल्लास्थित विभिन्न कार्यालयबाट सो राजश्व संकलन भएको हो । सबैभन्दा बढी खुम्बु क्षेत्रबाट राजश्व संकलन भएको छ ।
गत आवमा राष्ट्रिय वाणिज्य बैंक सल्लेरी शाखाबाट रु सात करोड दुई लाख ९१ हजार, नाम्चे शाखाबाट रु १३ करोड ३७ लाख ६० हजार र लुक्ला शाखाबाट रु ३० लाख ७३ हजार राजश्व संकलन भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा रु ८५ लाख बढी राजश्व संकलन भएको छ । अघिल्लो आवमा रु १९ करोड ८३ लाख चार हजार राजश्व संकलन भएको थियो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित