अप्रिय घटना पश्चात् नमस्ते झरनामा पर्यटक संख्या घट्यो

धरान, असार ५ । धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं ६ मा अवस्थित १ नं प्रदेशकै निकै व्यस्त पर्यटकीय क्षेत्र मानिएको नमस्ते झरनामा गत शनिबार ढुङगा खसेर इटहरीका विक्रम तामाङको मृत्यु भएपछि सुनसान सँगै व्यापारीक हिसाबले पनि खस्कदो अवस्था देखिएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकहरुको सधै घुइँचो लाग्ने झरनामा  सो घटना घटेपछि भने  सुनसान देखिएको हो ।

नमस्ते झरनामा रमाउन गएका तामाङको छागाबाट ढुङगा खसेर टाउकोमा लागेको थियो । ढुङगा लागेर गम्भिर घाइते भएका तामाङको उपचारका लागि धरान ल्याउदै गर्दा बाटोमा नै मुत्यु भएको हो ।

सो घटनापछि अहिले अर्को निर्णय नभए सम्मका लागि नमस्ते झरना प्रवेश गर्न रोक लगाइएको नमस्ते झरना व्यवस्थापन समितिका अध्यक्ष दिलिप लिम्बुले जानकारी दिएका छन् ।

लिम्बुका अनुसार, व्यापारिक दृष्टीकोणले समेत यो झरना १ नं प्रदेशकै गहनाको रुपमा रहेको थियो । यस्तो अकल्पनीय दुर्घटना भयो जसले गर्दा आन्तरिक र वाह्य पर्यटकमा त्रासकै अवस्था समेत सिर्जना हुन पुग्ने अवस्था आएको छ ।

उनले यो समस्या समाधानका लागि अझ व्यवस्थित तरिकाले हामी सबै लाग्नुपर्छ नत्र भने ऐतिहासिक तथा रमणीय झरनाको महत्व नै समाप्त हुने खतरा बढेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *