गृहमन्त्री थापालाई ६ वर्षे कार्यकाल चिट्ठा, कोमल वलीको ४ वर्ष, अन्यको कति ?

काठमाडौँ, असार ४ । राष्ट्रियसभाका सदस्यको कार्यकाल तय गर्न (आज) सोमबार गोलाप्रथा गरिएको छ । राष्ट्रियसभा नियमावली अनुसार पहिलोपटकको लागि गोला प्रथाबाट १९ जनाको पदावधि २ वर्षको कायम हुनेछ ।

गृहमन्त्री रामबहादुर थापा(बादल)

राष्ट्रियसभा सदस्यको टुंगो लगाउन भएको गोलाप्रथको क्रममा गृहमन्त्री रामबहादुर थापा (बादल) को ६ वर्षे कार्यकाल हुने टुंगो लागेको छ ।

गृहमन्त्री थापा माओवादी केन्द्रको तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।

अर्थमन्त्री युवराज खतिवडा

नेकपा राष्ट्रियसभा सदस्य बनेका अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल दुई वर्ष मात्र कायम भएको छ ।

सोमबार भएको गोलाप्रथामा उनलाई दुई वर्षे कार्यकाल पश्चात् उनी अर्थमन्त्री पनि हुने छैनन् ।

राष्ट्रियसभा अध्यक्ष तिमल्सिना

तत्कालीन एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल ६ वर्ष कायम भएको छ ।

नेकपा संसदीय दलका नेता दिनानाथ शर्मा

राष्ट्रियसभामा नेकपा संसदीय दलको नेता दिनानाथ शर्माको कार्यकाल ४ वर्षको हुने टुंगो लागेको छ ।

कांग्रेस दलको नेता सुरेन्द्र पाण्डे

कांग्रेस दलका नेता सुरेन्द्र पाण्डेको कार्यकाल दुई वर्ष कायम भएको छ ।

राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहाल

राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको कार्यकाल ४ वर्ष कायम भएको छ ।

 त्यसैगरी  कांग्रेस प्रमुख सचेतक सरिता प्रसाईँको दुई वर्षको कार्यकाल तय भएको छ भने कोमल वलीको ४ वर्षे कार्यकाल टुंगो लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − nine =