यी हुन् आजका मन्त्रीपरिषद बैठकका निर्णय

“
काठमाडौँ, असार, ३ । सरकारले नेपालमा सञ्चालित चिनियाँ सहयोगका कार्यक्रम तथा परियोजनाहरुको कार्यान्वयन सहजीकरणका लागि दुई देशका अधिकारीहरु सम्मिलित संयन्त्र स्थापना गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आशन्न चीन भ्रमणको पूर्वसन्ध्यामा सरकारले दुइदेशीय संयन्त्र बनाउने प्रस्ताव गरेको हो ।
मन्त्रीपरिषद्को आज बसेको बैठकले संयन्त्र सम्बन्धी समझदारी पत्रको तयारीका लागि परराष्ट्र मन्त्रालयलाई जिम्मा लगाएको छ ।
बैठकले खानेपानी संस्थानका बोर्ड सदस्यको संख्या १९ बाट घटाएर १० जना कायम गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
सूचना प्रविधि तथा सार्वजनिक सेवा प्रसारणसम्बन्धी नयाँ विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने, उच्च सरकारी वकिलको कार्यालय ओखलढुंगा र वीरगन्जको दरबन्दी स्वीकृत गर्ने, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, राजस्व अनुसन्धान विभागहरुको संगठन संरचना स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ ।
“








